एघार महिनामा ८५ करोड बढी राजस्व संकलन  | Khabarhub Khabarhub

एघार महिनामा ८५ करोड बढी राजस्व संकलन 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व संकलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै छ करोड २४ लाख ४० हजार चार सय १७ राजस्व संकलन गरेको जनाएको छ । 

कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ ६९ करोड ७७ लाख ८९ हजार सात सय ७९, प्रशासनिक सेवा शुल्कवापत एक करोेड ७९ लाख ९३ हजार एक सय ८३, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १६ लाख ८८ हजार एक सय ६७ राजस्व असुली गरेको छ ।

चालु आवको ११ महिनाको अवधिमा नौ हजार पाँच सय ४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार एक सय १९ सवारी नवीकरण भएका लुइँटेलले बताए। सोही अवधिमा १२ हजार तीन सय २२ नयाँ चालक अनुमतिपत्र, १६ हजार पाँच सय ४८ को नामसारी हुँदा १० हजार दुई सय ६३ सवारी जाँचपास भएका उनले जानकारी दिए। 

चालु आवको ११ महिनामा छ हजार सात सय १४ मोटरसाइकल दर्ता हुँदा एक हजार छ सय ३८ ई–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ । 

यहाँ हप्ताको चार दिन चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको छ । 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ५ : २७ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र