सुरूमा विरोध गरेका ओलीले पास भएपछि भने : बजेट राम्रो छ « Khabarhub

सुरूमा विरोध गरेका ओलीले पास भएपछि भने : बजेट राम्रो छ


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट राम्रो भएकाले पास भएको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको बताए ।

प्रधानमन्त्रीले मन्त्रीहरूले नै आफूखुसी बजेट राखेको भन्ने गुनासो गरिरहेका छन् नि भन्ने प्रश्नमा ओलीले आफूले त्यस्तो नसुनेको जिकिर गरे ।

मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट पारित भइसकेको छ ।

पूर्व प्रधानमन्त्री ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति गत जेठ १९ गते असन्तुष्टि जनाएका थिए । 

ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाएका थि ।

ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताएका थिए । 

उनले भनेका थिए, ‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : १३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल