सुरूमा विरोध गरेका ओलीले पास भएपछि भने : बजेट राम्रो छ « Khabarhub

सुरूमा विरोध गरेका ओलीले पास भएपछि भने : बजेट राम्रो छ


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट राम्रो भएकाले पास भएको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको बताए ।

प्रधानमन्त्रीले मन्त्रीहरूले नै आफूखुसी बजेट राखेको भन्ने गुनासो गरिरहेका छन् नि भन्ने प्रश्नमा ओलीले आफूले त्यस्तो नसुनेको जिकिर गरे ।

मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट पारित भइसकेको छ ।

पूर्व प्रधानमन्त्री ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति गत जेठ १९ गते असन्तुष्टि जनाएका थिए । 

ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाएका थि ।

ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताएका थिए । 

उनले भनेका थिए, ‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : १३ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी