काठमाडौं– प्रभु बैंकका कर्मचारीलाई ललितपुरमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा छुट दिने सम्झौता भएको छ ।
मंगलबार एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीले कर्मचारी मान्य परिचयपत्रको आधारमा क्यान्सर हस्पिटलका विभिन्न सेवा सुविधामा छुट प्राप्त गर्न सक्ने छन् ।
उक्त समारोहमा महिला कर्मचारीलाई स्तन र पाठेघरको क्यान्सरबारे जानकारी गराइएको थियो । स्तन सम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया