केजरीवालको जमानतलाई उच्च अदालतले गरिदियो खारेज « Khabarhub

केजरीवालको जमानतलाई उच्च अदालतले गरिदियो खारेज


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले खारेज गरेको छ ।

दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको छ। जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको थियो ।

तर सोही दिन ईडीको निवेदनमा उच्च अदालतले राउज एभिन्यू अदालतको निर्णयमा रोक लगाएको थियो । उच्च अदालतले जमानत निवेदनको सुनुवाइका क्रममा यसअघिका कागजातमा ध्यान नदिएको जनाएको छ ।

यसबाहेक सम्पत्ति शुद्धीकरण निवारण ऐनमा तोकिएका जमानतका सर्तहरू पनि उच्च अदालतका न्यायाधीशले राम्ररी छलफल नगरेको पनि उच्च अदालतले जनाएको छ ।

अरविन्द केजरीवालले यस प्रतिबन्धलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए तर सर्वोच्च अदालतले उच्च अदालतलाई यस विषयमा निर्णय दिन भनेको थियो ।

अब हाईकोर्टको फैसलापछि सर्वोच्च अदालतले बुधबार अरविन्द केजरीवालको याचिकामा सुनुवाइ गर्ने बताएको छ ।

केजरीवाललाई दिल्लीको अन्तःशुल्क नीतिमा कथित घोटालाको सम्बन्धमा यस वर्ष मार्च २१ मा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : ३४ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने