कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गयो : सहमहामन्त्री आङदम्बे  « Khabarhub

कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गयो : सहमहामन्त्री आङदम्बे 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले यस्तो बताएका हुन्। 

पार्टीले आदिवासी र जनजाति समुदायका प्रतिनिधिलाई उचित स्थान र जिम्मेवारी दिन नसक्दा आफ्नो पहिचान गुमाउँदै गएको उनले उल्लेख गरे। 

‘पार्टीभित्र पहिचानको कुरा गर्ने बित्तिकै एकखाले नेताहरूलाई यसले जातियताको मात्र कुरा गर्‍यो भन्ने लाग्छ। तर, त्यस्तो होइन, पहिचान भनेको जातिको र व्यक्तिको पनि हुन्छ। पार्टीको पनि हुन्छ। नेपाली कांग्रेसको पनि आफ्नै पहिचान छ। 

सहमहामन्त्री आङ्देम्बेले पार्टीले आफ्नो पहिचान चिन्ने कोसिस नगर्दा थप कमजोर बन्दै गएको उल्लेख गरे।  संघ, प्रदेश र स्थानीय तहमा पहिलो पार्टीको रूपमा रहेपनि त्यसको अनुभुति गर्न नसक्नुको प्रमुख कारण नै कमजोर पहिचान भएको उनको भनाइ छ। 

‘सबै जातजाति र समुदायको प्रतिनिधित्व भए पार्टी हारे पनि जितेको महसुस गर्न सकिन्छ। थप ऊर्जा र उत्साहका साथ आउने दिनलाई जितमा परिणत गर्न सजिलै सकिन्छ। त्यसकारण पार्टीले आफ्नो पहिचानको खोजी गर्न सक्नुपर्दछ,’ उनले भने। 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ४४ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक