अवैध रुपमा बालुवा उत्खनन, ३ ट्याक्टरसहित चालक पक्राउ « Khabarhub

अवैध रुपमा बालुवा उत्खनन, ३ ट्याक्टरसहित चालक पक्राउ


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदीबाट अवैध रुपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीनवटा ट्याक्टर लाई चालक सहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माको कमाण्डमा अस्थाई प्रहरी चौकी छेदी चौक समेतको टोलीले अवैध बालुवा ल्याइरहेको तीनवटा ट्याक्टर र बालकहरू लाई नियन्त्रणमा लिएको हो। 

ना७ त ३३८० ,ना७ त ५६६३ ना७ त ९४१९ नम्बरको ट्याक्टर र चालकहरु गुजरा नगरपालिका ४ पोखरभिन्डाका सकलु माझी, वडा ६ बेदौलिका दिपेश कुमार यादव र कटहरिया १ भासेढवाका सुकेश यादव लाई नियन्त्रणमा लिएको सई शर्माले बताएका छन्।

बरामद गरिएको तीनवटै ट्याक्टर इलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको तथा चालक तीनैजना लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको उनले जानकारी दिएका छन्।

उता रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै असार लागेपछि नदी खोला उत्खननमा प्रतिबन्ध भएको जानीजानी अटेरी गरेका तीनैजना चालक माथि केही अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ५६ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा