बराबरीमा खेल सकिएको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय ! « Khabarhub

बराबरीमा खेल सकिएको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय !

पेरिस ओलम्पिकको फुटबलमा विवाद


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस ओलम्पिकको फुटबलमा खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित भएको निर्णय सार्वजनिक भएको छ। विवाद र अन्योलतामा २-२ को बराबरीमा टुंगिएको खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना २-१ ले पराजित भएको निर्णय सार्वजनिक भएको हो।

समूह ‘बी’को अर्जेन्टिनाले अन्तिम समयमा गरेको गोललाई भारले मान्यता नदिएपछि निर्णय विवादास्पद देखिएको हो। अर्जेन्टिनाले यो निर्णयलाई फुटबलकै बेइज्जत भनेको छ। प्रशिक्षक ज्याभिएर मास्केरानाले यस्तो बताएका हुन्।

खेलको क्रममा दर्शकले तनाव सिर्जना गरेपछि यसको निर्णय खाली रंगशालामा दुई घण्टापछि भएको थियो। निर्धारित अवधिभर खेल २-२ को बराबरीमा टुंगिएको मानिएको थियो। यो खेल जेफरोय गुइचार्ड रंगशालामा गएराति भएको थियो।

मैदान र दर्शक दीर्घामा विवाद भएपछि दोस्रो हाफको अतिरिक्त समयको १६ औं मिनेटमा अर्जेन्टिनाका लागि क्रिस्टियन मेडिनाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। त्यसपछि दर्शकले मैदानमा उपद्रो मच्चाएका थिए। अर्जेन्टिनाको गोल लगत्तै रेफ्रीले खेल सकिएको निर्णय गरेका थिए। दुवै टिमले मैदान छोडेका थिए। तर यो खेलको अन्तिम निर्णय भने दुई घण्टापछि आएको हो।

पेरिस ओलम्पिक अन्तर्गत फुटबलका अन्य खेलमा समूह ‘बी’ मा इराकले युक्रेनलाई २-१ ले पराजित गरेको छ। समूह ‘डी’को जापानले पाराग्वेमाथि ५-० को जित निकालेको छ। समूह ‘सी’को खेलमा उज्वेकिस्तान स्पेनसँग २-१ ले पराजित भएको छ भने डोमिनिक रिपब्लिक र इजिप्टले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ८ : ३१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको