ह्वाइट हाउसबाट बाइडेनको सम्बोधन– ‘देशको सेवा गर्न पाउनु जीवनकै सम्मान’ « Khabarhub

ह्वाइट हाउसबाट बाइडेनको सम्बोधन– ‘देशको सेवा गर्न पाउनु जीवनकै सम्मान’


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्नो देशको सेवा गर्न पाउनु जीवनको सम्मान भएको बताएका छन् ।  उनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।’

उनले अमेरिका अहिले नाजुक मोडमा रहेको बताउँदै आफूहरुले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने बताए । उनले भने, ‘हामीले अगाडि बढ्ने वा पछि हट्ने, आशा र घृणा, एकता र विभाजन बीचको छनौट गर्नुपर्छ ।’

आफ्नो कार्यकाल राम्रो भएको भन्दै बाइडेनले भने, ‘मलाई लाग्छ, राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ ।’

नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको उनले बताए । बाइडेनले भने, ‘हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो। सार्वजनिक जीवनमा लामो वर्षको अनुभवको लागि समय र स्थान हुन्छ । नयाँ आवाजहरूको लागि समय र स्थान हुन्छ, र हो, युवा आवाजहरुको लागि यो अहिले सही समय र स्थान हो ।’

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ११ : ५४ बजे

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र