ह्वाइट हाउसबाट बाइडेनको सम्बोधन– ‘देशको सेवा गर्न पाउनु जीवनकै सम्मान’ « Khabarhub

ह्वाइट हाउसबाट बाइडेनको सम्बोधन– ‘देशको सेवा गर्न पाउनु जीवनकै सम्मान’


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्नो देशको सेवा गर्न पाउनु जीवनको सम्मान भएको बताएका छन् ।  उनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।’

उनले अमेरिका अहिले नाजुक मोडमा रहेको बताउँदै आफूहरुले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने बताए । उनले भने, ‘हामीले अगाडि बढ्ने वा पछि हट्ने, आशा र घृणा, एकता र विभाजन बीचको छनौट गर्नुपर्छ ।’

आफ्नो कार्यकाल राम्रो भएको भन्दै बाइडेनले भने, ‘मलाई लाग्छ, राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ ।’

नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको उनले बताए । बाइडेनले भने, ‘हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो। सार्वजनिक जीवनमा लामो वर्षको अनुभवको लागि समय र स्थान हुन्छ । नयाँ आवाजहरूको लागि समय र स्थान हुन्छ, र हो, युवा आवाजहरुको लागि यो अहिले सही समय र स्थान हो ।’

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ११ : ५४ बजे

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स