धरानमा ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु « Khabarhub

धरानमा ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धरान– धरानमा नेपाली कांग्रेसले ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बीपी स्मृति दिवसका अवसर पारेर ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु गरेको हो । 

धरान उपमहानगरपालिका-१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ ।

अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण पनि गरेको छ । 

 कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्‌घाटन गर्दै त्यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताए। गत वर्ष पनि अभियान सञ्चालन भएको थियो । अभियान धरान उपमहानगरपालिका-१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ ।   

नेपाली कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ ९१० र १ ९२० समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवं सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रीन एण्ड क्लिन धरान’ अभियान आयोजना गरिएको हो  ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १२ : २६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र