पृथ्वी राजमार्गमा प्रसारण लाइन विस्तारको काम तीव्र « Khabarhub

पृथ्वी राजमार्गमा प्रसारण लाइन विस्तारको काम तीव्र


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

डुम्रे– नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ। यसले गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ ।

सडक विस्तारको  मुख्य बाधकका रुपमा रहेको बिजुलीको खम्बा सार्ने कामले गति लिएपछि सहज भएको पृथ्वी राजमार्ग, विस्तार पश्चिम खण्डका आयोजना प्रमुख प्रमुख इन्जिनियर राजेश पौडेलले जानकारी दिए । प्राधिकरणले विद्युत्का खम्बा धमाधम हटाउन थालेपछी विस्तारको काम गर्न थप सहज भएको उनले बताए। 

सडकखण्डअन्तर्गतका संरचना हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्रका बिजुलीका पोल धमाधम हटाएर नयाँ राख्ने काम गरिरहेको आयोजना प्रमुख पौडेलले बताए। पहिला सुस्तगतिमा खम्बा स्थानान्तरण हुँदा प्रभावित भएकामा हाल तीव्र रुपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको उनले बताए। 

पुरानो खम्बा हटाएर नयाँ संरचना बनाउने काम हालसम्म ६५ प्रतिशत सकिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिए। सदरमुकाम दमौलीमा सडक सीमाभित्रका संरचना हटाउन प्रभावितका कारण ढिलाइ भएको उनले बताए। 

उनका अनुसार नयाँ खम्बा राख्ने तथा प्रसारण लाइन सुधारअन्तर्गत ९६ करोड लागतमा खम्बा सार्ने काम भइरहेको छ । रु ५२ करोड सडक विस्तार आयोजनाको र बाँकी रकम प्राधिकरणको लागतमा काम भइरहेको उनले बताए। उहाँका अनुसार पहिला ११ मिटर अग्लो खम्बा भएकामा हाल १३ मिटर अग्लो खम्बा राखिएको छ । 

तनहुँ वितरणअन्तर्गतको दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि गुणादीसम्म झन्कार जेभीले र थर्पुदेखि मनहरीसम्म बिडारी कन्ट्रक्सनले काम गरिरहेको छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार तथा विस्तार आयोजनाअन्तर्गत नेपालका दुई ठूला सहर–काठमाडौँ र पोखरा जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चार लेनको बनाउने भइरहेको छ ।

विसं २०२६ मा रेखांकन गरिएको यस सडकमा सवारीसाधनको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता भएको छ । 

सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर गरी ५० हुनेछ भने सहरी क्षेत्रका बाक्लो बस्ती भएका स्थानमा दुई तर्फी २३-२३ मिटरगरी ४६ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक निर्माण हुनेछ । 

दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तारगरी सहरी क्षेत्रमा सर्भिसलेनसहित चार लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १२ : ४४ बजे

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी