एक वर्षमा सडक दुर्घटनाबाट कर्णालीमा एक सय १२ जनाको मृत्यु | Khabarhub Khabarhub

एक वर्षमा सडक दुर्घटनाबाट कर्णालीमा एक सय १२ जनाको मृत्यु


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

भेरीगंगा – कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा नौ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । सल्ल्यानमा एक सय ३० सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु हुँदा रुकुमपश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो ।

यसैगरी, गत वर्ष कालिकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भयोभने जाजरकोटमा ६८ वटा दुर्घटना पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १०, जुम्लामा भएका ४१  दुर्घटनामा  सातजनाको मृत्यु भएको हो । समीक्षा अवधिमा मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सवारी दुर्घटना परी एक वर्षको अवधिमा दुई हजार ७७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच सय २४ जना गम्भीर र अन्य सामान्य छन् । घाइतेमध्ये सबैभन्दा धेरै सुर्खेतका एक हजार एक सय ८४ छन् भने सल्ल्यानका दुई सय ७१, रुकुमपश्चिमका एक सय ५६, कालिकोटका ९६, जाजरकोटका ८७, दैलेखका एक सय ३८, जुम्लाका ६०, मुगुका ३९, डोल्पाका २१ र हुम्लाका २६ जना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कर्णालीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन् । गत आवमा प्रदेशभर सात सय ७१ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् । त्यसपछि एक सय ६५ वटा अटोरिक्सा, दुई सय १८ वटा जिप तथा कार, ९१ वटा ट्रयाक्टर दुर्घटना भएका छन् । 

एक वर्षको अवधिमा ७० वटा बस दुर्घटना भएका छन् भने ६९ वटा ट्रक-ट्यांकर दुर्घटना परेको प्रहरीले जनाएको छ । यस्तै, २७ वटा माइक्रो फोर्स, १५ वटा टिपर, १४ वटा डोजर तथा लोडर दुर्घटना भएका थिए । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १२ : ५८ बजे

विश्वकीर्तिमानी पर्वतारोहीलाई पञ्चेबाजासहित विमानस्थलमा स्वागत (तस्बिरहरू)

काठमाडौं– छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

काठमाडौं– हरेक वर्ष दशैंको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन

टीकाको तेस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौं– काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

दमौली– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले