माधव नेपाललाई पार्टी फुट्ने चिन्ता, भने : फेरि षड्यन्त्र हुन थाल्यो « Khabarhub

माधव नेपाललाई पार्टी फुट्ने चिन्ता, भने : फेरि षड्यन्त्र हुन थाल्यो


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल र षड्यन्त्र सुरु गरिएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले बिहीबारदेखि सुरू केन्द्रीय कमिटी बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीविरुद्ध षड्यन्त्र गर्न लागिएको बताए । उनले यसबारेमा चनाखो भएर बस्न नेता–कार्यकर्तालाई उनले भनेका छन् ।

नेपालले सम्बोधनका क्रममा कसले कस्तो षड्यन्त्र गर्दैछन् भन्ने खुलाएन् । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । यसअघि पनि ओलीले आफूहरूको पार्टी फुटाइदिने षड्यन्त्र गरेको आरोप नेपालले लगाउँदै आएका थिए ।

ओली प्रधानमन्त्री बनेदखि माधव नेपालको चिन्ता बढेको छ । उनले अनेक शंका व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री ओलीले सत्ताको आडमा पार्टी फुटाइदिने चिन्ता नेपाललाई परेको छ ।

यसअघि पनि नेपालको पार्टीका ६ जना भन्दा बढी सांसदहरू अन्य दलका नेतासँग संवादमा रहेको चर्चा आएको थियो । अहिले पनि किसान श्रेष्ठ र प्रेमकुमार आलेहरू नेपालसँग सन्तुष्ट छैनन् । आलेले त काठमाडौंमा भएको १० औँ महाधिवेशन बहिष्कार गरेर नयाँ विकल्पको खोजी थालेका छन् । अन्य केही सांसद पनि विकल्पको खोजीमा जुटेको चर्चा छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १ : ०१ बजे

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल