जनआस्थाको कार्यालयमा आक्रमण गर्ने र प्रधान सम्पादकलाई मार्ने धम्की | Khabarhub Khabarhub

जनआस्थाको कार्यालयमा आक्रमण गर्ने र प्रधान सम्पादकलाई मार्ने धम्की

महासंघले भन्यो- पत्रकारलाई आतंकित बनाउन बन्द गर


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विद्यार्थी संगठनको सचिव बताउने एकजना व्यक्तिले जनआस्था साप्ताहिकको कार्यालयमा बम हान्ने र सम्पादकलाई मार्ने धम्की दिएका छन् ।

जनआस्थाका प्रधानसम्पादक एवम् प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेकपाको विद्यार्थी संगठनका सचिव बताउने कपिल सी नामका व्यक्तिले फोन गरी उक्त धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

कपिल सीले श्रेष्ठलाई अश्लील गालीगलौजसहित भौतिक कारबाहीको धम्की दिएको घटनाको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले निन्दा गरेका हुन् ।

महासचिवज पुरीका अनुसार साउन ८ गते मंगलबार विहान १० बजेदेखि मोबाइलबाट फोन गरी कपिल सीले स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै मार्ने धम्की दिएको बताए ।

कपिल सी भन्ने व्यक्तिले ‘प्रधानसम्पादक श्रेष्ठ र उनकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने बम हानेर घर उडाइदिने’ जस्ता धम्की दिएका महासंघले जनाएको छ ।

त्यही दिन दिउँसो सानेपाको धोवीघाटस्थित पत्रिकाको कार्यालयमा हतियारसहित एक व्यक्ति प्रवेश गरेर धम्कीपूर्ण भाषा प्रयोग गरेको महासंघले जनाएको छ ।

ती व्यक्तिले कार्यालयका कर्मचारीलाई धम्क्यार ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने’ भनेर धम्क्याउँदै पत्रिका प्रकाशनमासमेत अवरोध गरेको प्रधान सम्पादक श्रेष्ठले बताएका छन् ।

‘समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र सम्वादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी यस किसिमको अपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार हो’, महासंघका महासचिव पुरीले भनेका छन्, ‘पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने यो कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग महासंघ माग गर्छ ।’

महासंघले संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारको सम्मान गरी यस किसिमका गतिविधि नदोहोऱ्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १ : १५ बजे

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका