रास्वपा केन्द्रीय समिति : उपसभामुख राना र निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति : उपसभामुख राना र निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसुन्धरामा सुरु भएको छ ।

पार्टी मुख्यालय चामती बसुन्धरामा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक अवस्था र नेताहरू विवादमा जोडिएका विषयमा कुरा हुने बताइएको छ ।

बैठकको सुरुवातमा बुधबार काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिइएको छ ।

बैठकमा अमेरिकी दूतावासलाई उपसभामुख इन्दिरा राना मगरले भिसा माग्दै लेखेको पत्र र निलम्बित महामन्त्री डा. मुकुल ढकालले लगाइरहेका आरोपबारे छलफल हुँदैछ ।

पछिल्लो समय निलम्बित महामन्त्री ढकालले रास्वपाका सबै आन्तरिक कुरा सञ्चारमाध्यममा खोलिदिएका छन् ।

तर यसबारेमा रास्वपा सभापति रवि लामिछानेले औपचारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

अर्कातिर उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले रास्वपा घेरिएको छ । तर राना एक समाजसेवी भएकाले गलत नियतले उक्त पत्र नलेखेको दाबी रास्वपा नेताहरूको छ ।

छलफलका विषय :

१. पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी
२. विभाग प्रमुख मनोनयनबारे छलफल
३. विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन
४. क्लोज क्याम्पबारे छलफल
५. कर्णाली विशेष अभियान
६. प्रदेश अभिमुखीकरण, जिल्ला बैठक र जिल्ला बहस
७. सल्लाहकार परिषद्‍मा मनोनयन
८. केन्द्रीय विभागमा बाँकी मनोनयनबारे छलफल र अनुमोदन
९. विविध

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १ : २३ बजे

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

काठमाडौं– मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न

गौशालामा पुरुषको शव फेला

मटिहानी– गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार