रास्वपा केन्द्रीय समिति : उपसभामुख राना र निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै « Khabarhub

रास्वपा केन्द्रीय समिति : उपसभामुख राना र निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसुन्धरामा सुरु भएको छ ।

पार्टी मुख्यालय चामती बसुन्धरामा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक अवस्था र नेताहरू विवादमा जोडिएका विषयमा कुरा हुने बताइएको छ ।

बैठकको सुरुवातमा बुधबार काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिइएको छ ।

बैठकमा अमेरिकी दूतावासलाई उपसभामुख इन्दिरा राना मगरले भिसा माग्दै लेखेको पत्र र निलम्बित महामन्त्री डा. मुकुल ढकालले लगाइरहेका आरोपबारे छलफल हुँदैछ ।

पछिल्लो समय निलम्बित महामन्त्री ढकालले रास्वपाका सबै आन्तरिक कुरा सञ्चारमाध्यममा खोलिदिएका छन् ।

तर यसबारेमा रास्वपा सभापति रवि लामिछानेले औपचारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

अर्कातिर उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले रास्वपा घेरिएको छ । तर राना एक समाजसेवी भएकाले गलत नियतले उक्त पत्र नलेखेको दाबी रास्वपा नेताहरूको छ ।

छलफलका विषय :

१. पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी
२. विभाग प्रमुख मनोनयनबारे छलफल
३. विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन
४. क्लोज क्याम्पबारे छलफल
५. कर्णाली विशेष अभियान
६. प्रदेश अभिमुखीकरण, जिल्ला बैठक र जिल्ला बहस
७. सल्लाहकार परिषद्‍मा मनोनयन
८. केन्द्रीय विभागमा बाँकी मनोनयनबारे छलफल र अनुमोदन
९. विविध

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १ : २३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक