‘दूरदराजका जनतामा पुग्नेगरि वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ’ « Khabarhub

‘दूरदराजका जनतामा पुग्नेगरि वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ’


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरि वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो र दूरदराजका जनतालाई लक्षितगरि योजना बनाउनुपर्ने बताएका हुन् । 

‘म पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दूरदराजमा बस्ने तल्लो वर्गलाई नपुगेको हुनसक्छ, हामीले पठाएको योजना पुग्यो कि पुगेन त्यसको अनुगमन भएको छ की छैन, यसमा केन्द्रले विशेष चासो दिनुपर्छ’, उनले भने ।

ऊर्जामन्त्री खड्काले विद्युत्को विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको ज्यादै महत्व रहेको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उल्लेख गरे । उनले तल्लो वर्गका जनतालाई कसरी निःशुल्क ऊर्जा वितरण गर्न सकिन्छ त्यसतर्फ केन्द्रले अध्ययन गर्नुपर्ने बताए।

मन्त्री खड्काले लक्षित वर्गका लागि खर्च गर्ने रकम कमी हुँदा समस्या भएको उल्लेख गरे । तल्लो वर्गका मानिस आर्थिक र सामाजिक हिसाबले सबल नभएसम्म देश विकास हुन नसक्ने उनले बताए ।

मन्त्रालयका सचिव सरिता दवाडीले दिगो विकासको लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले विभिन्न निकायको समन्वयमा दूरदराजमा रहेका जनतालाई नवीकरणीय ऊर्जा पुर्‍याउनका लागि काम गरिरहेको बताए। 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  २ : १० बजे

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको