'दूरदराजका जनतामा पुग्नेगरि वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ' | Khabarhub Khabarhub

‘दूरदराजका जनतामा पुग्नेगरि वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ’


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरि वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो र दूरदराजका जनतालाई लक्षितगरि योजना बनाउनुपर्ने बताएका हुन् । 

‘म पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दूरदराजमा बस्ने तल्लो वर्गलाई नपुगेको हुनसक्छ, हामीले पठाएको योजना पुग्यो कि पुगेन त्यसको अनुगमन भएको छ की छैन, यसमा केन्द्रले विशेष चासो दिनुपर्छ’, उनले भने ।

ऊर्जामन्त्री खड्काले विद्युत्को विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको ज्यादै महत्व रहेको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उल्लेख गरे । उनले तल्लो वर्गका जनतालाई कसरी निःशुल्क ऊर्जा वितरण गर्न सकिन्छ त्यसतर्फ केन्द्रले अध्ययन गर्नुपर्ने बताए।

मन्त्री खड्काले लक्षित वर्गका लागि खर्च गर्ने रकम कमी हुँदा समस्या भएको उल्लेख गरे । तल्लो वर्गका मानिस आर्थिक र सामाजिक हिसाबले सबल नभएसम्म देश विकास हुन नसक्ने उनले बताए ।

मन्त्रालयका सचिव सरिता दवाडीले दिगो विकासको लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले विभिन्न निकायको समन्वयमा दूरदराजमा रहेका जनतालाई नवीकरणीय ऊर्जा पुर्‍याउनका लागि काम गरिरहेको बताए। 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  २ : १० बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना