एसिया कप खेलेर आइपुगे महिला क्रिकेटर, इन्दु भन्छिन्- उत्साहित छौँ, कमजोरी सुधार्छौँ « Khabarhub

एसिया कप खेलेर आइपुगे महिला क्रिकेटर, इन्दु भन्छिन्- उत्साहित छौँ, कमजोरी सुधार्छौँ


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो ।

समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपालले भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेको थियो ।

नेपाल फर्किएपछि नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्माले एसिया कप जस्तो ठूलो खेल खेल्न पाउदा निकै उत्साहित भएको बताइन्।

उनले खेलमा सक्दो प्रयास गरे पनि सोचेजस्तो नजिता हासिल गर्न नसकिएको बताइन् । बर्माले फिटनेश, बलिङ र व्याटिङमा निकै सुधार गर्नुपर्ने देखिएको उल्लेख गरिन् ।

नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले पराजित भयो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  २ : ३५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण