डाक्टरलाई सौर्यका पाइलटले सुनाए- सय फिट उडेपछि जहाज आकाशतिर जानै सकेन « Khabarhub

डाक्टरलाई सौर्यका पाइलटले सुनाए- सय फिट उडेपछि जहाज आकाशतिर जानै सकेन


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


55.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य हुँदै गएको जनाएको छ ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो ।

घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी छ ।

उक्त दुर्घटनामा परेका क्याप्टेन शाक्यलाई उद्धार गरिएपछि अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको  छ ।

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाका अनुसार शाक्यको अनुहारसहितका भागमा चोट लागेको छ । ‘उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू छन् । ढाडको एउटा हड्डीका साथै देब्रेतर्फका ३ वटा करङ पनि भाँचिएका छन्’, उनले बिहीबार भनेकी छन्, ‘अनुहार तथा नाक आँखाका चोटहरूको हिजै उपचार भइसकेको छ । हल उहाँको अवस्था सामान्य छ । जटिलता देखिएको छैन ।’

के भने पाइलट शाक्यले? 

यसैबीच आईसीयूमा उपचारका क्रममै उनले केएमसीका डाक्टरहरूसँग घटनाको इतिवृतान्त सुनाएका छन् । केएमसीको न्यूरो आईसीयूमा उपचाररत उनी अहिले सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेको थापाले बताइन् । उनकाअनुसार  बिहीबार बिहान डाक्टरहरूसँगको कुराकानीमा विमानस्थलको रनवेबाट उचाइ लिनेबित्तिकभै जहाजको नियन्त्रण गुमाएको बृत्तान्त उनले सुनाएका छन् ।

‘जहाज रनवेबाट अघि बढेर करिब १०० फिटमाथि पुगर उचाइमा लैजानै सकिएन । एक्कासि तल खस्न थाल्यो,’ शाक्यको भनाइबारे थापाले भनिन्, ‘जहाज अचानक तल झरेपछि मैले नियन्त्रण गुमाएँ । भुइँमा बजारिएसँगै मैले केही थाहा पाउन सकिनँ ।’

डाक्टरहरूसँगको कुराकानीका क्रममा उनले जहाज तल झरेसँगै आफूलाई एकै पटक एकदमै भारी वस्तुले थिचे जस्तो भएको बताएका छन् । उनले जहाज भुइँमा बजारिएपछि आफू त्यसको फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको पनि बताएका छन् । शाक्यले ककपिटको प्वाँलबाट बाहिर निस्किने क्रममा आफूलाई कसैले तानेको याद भएको बताए ।

शाक्यलाई सुरक्षाकर्मीले कन्टेनरमा अड्किएको जहाजको ककपिटबाट बाहिर निकालेका थिए । जहाजको मुख्य भाग भने उक्त कन्टेनरबाट अझै तल गएर आगो सल्किएर जलेको थियो ।

यो घटनामा को-पाइलट सुशासन्त कटुवालसहित १८ जनाको मृत्यु भएको छ । थापाले शाक्यको शरीरभर चोट भएकाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी विशेषज्ञको निगरानीमा उपचार भइरहेको बताएकी छन् ।

दुर्घटनास्थलबाट ल्याएलगत्तै केएमसीले क्याप्टेन शाक्यको सिटी स्क्यान, एक्सरे गरेको थियो । बिहीबार एमआरआई गरेर हेरिने उनले बताइन् । हड्डी भाँचिएका स्थानको उपचार भइसकेकाले अब शाक्यको अवस्था खतरामुक्त रहेको पनि उनले बताइन् ।

थापाका अनुसार बिहीबार एमआरआई रिपोर्ट आइसकेपछि शाक्यको स्वास्थ्य अवस्था र उपचारबारे थप निर्णय लिइने छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ३ : ४४ बजे

चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ

चितवन- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट भएको छ

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको