डाक्टरलाई सौर्यका पाइलटले सुनाए- सय फिट उडेपछि जहाज आकाशतिर जानै सकेन | Khabarhub Khabarhub

डाक्टरलाई सौर्यका पाइलटले सुनाए- सय फिट उडेपछि जहाज आकाशतिर जानै सकेन


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


55.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य हुँदै गएको जनाएको छ ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो ।

घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी छ ।

उक्त दुर्घटनामा परेका क्याप्टेन शाक्यलाई उद्धार गरिएपछि अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको  छ ।

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाका अनुसार शाक्यको अनुहारसहितका भागमा चोट लागेको छ । ‘उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू छन् । ढाडको एउटा हड्डीका साथै देब्रेतर्फका ३ वटा करङ पनि भाँचिएका छन्’, उनले बिहीबार भनेकी छन्, ‘अनुहार तथा नाक आँखाका चोटहरूको हिजै उपचार भइसकेको छ । हल उहाँको अवस्था सामान्य छ । जटिलता देखिएको छैन ।’

के भने पाइलट शाक्यले? 

यसैबीच आईसीयूमा उपचारका क्रममै उनले केएमसीका डाक्टरहरूसँग घटनाको इतिवृतान्त सुनाएका छन् । केएमसीको न्यूरो आईसीयूमा उपचाररत उनी अहिले सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेको थापाले बताइन् । उनकाअनुसार  बिहीबार बिहान डाक्टरहरूसँगको कुराकानीमा विमानस्थलको रनवेबाट उचाइ लिनेबित्तिकभै जहाजको नियन्त्रण गुमाएको बृत्तान्त उनले सुनाएका छन् ।

‘जहाज रनवेबाट अघि बढेर करिब १०० फिटमाथि पुगर उचाइमा लैजानै सकिएन । एक्कासि तल खस्न थाल्यो,’ शाक्यको भनाइबारे थापाले भनिन्, ‘जहाज अचानक तल झरेपछि मैले नियन्त्रण गुमाएँ । भुइँमा बजारिएसँगै मैले केही थाहा पाउन सकिनँ ।’

डाक्टरहरूसँगको कुराकानीका क्रममा उनले जहाज तल झरेसँगै आफूलाई एकै पटक एकदमै भारी वस्तुले थिचे जस्तो भएको बताएका छन् । उनले जहाज भुइँमा बजारिएपछि आफू त्यसको फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको पनि बताएका छन् । शाक्यले ककपिटको प्वाँलबाट बाहिर निस्किने क्रममा आफूलाई कसैले तानेको याद भएको बताए ।

शाक्यलाई सुरक्षाकर्मीले कन्टेनरमा अड्किएको जहाजको ककपिटबाट बाहिर निकालेका थिए । जहाजको मुख्य भाग भने उक्त कन्टेनरबाट अझै तल गएर आगो सल्किएर जलेको थियो ।

यो घटनामा को-पाइलट सुशासन्त कटुवालसहित १८ जनाको मृत्यु भएको छ । थापाले शाक्यको शरीरभर चोट भएकाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी विशेषज्ञको निगरानीमा उपचार भइरहेको बताएकी छन् ।

दुर्घटनास्थलबाट ल्याएलगत्तै केएमसीले क्याप्टेन शाक्यको सिटी स्क्यान, एक्सरे गरेको थियो । बिहीबार एमआरआई गरेर हेरिने उनले बताइन् । हड्डी भाँचिएका स्थानको उपचार भइसकेकाले अब शाक्यको अवस्था खतरामुक्त रहेको पनि उनले बताइन् ।

थापाका अनुसार बिहीबार एमआरआई रिपोर्ट आइसकेपछि शाक्यको स्वास्थ्य अवस्था र उपचारबारे थप निर्णय लिइने छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ३ : ४४ बजे

विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक

लस एन्जल्समा ‘नेशनल गार्ड’ परिचालन गर्न ट्रम्पको निर्देशन

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आगलागी पीडितलाई प्रदेश सरकारले चालीस लाख रुपैयाँ सहयोग गर्ने

कैलाली– बाजुराको बुढीगङ्गा नगरपालिका– ६ स्थित बाम्का बजारमा शुक्रबार भएको

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकको वाक्चाखामा