साताको अन्तिम नेप्से ३२ अंकले बढ्यो, कारोबार १४ अर्ब बढी  « Khabarhub

साताको अन्तिम नेप्से ३२ अंकले बढ्यो, कारोबार १४ अर्ब बढी 


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२ अंकले बढेको छ । आज बिहीबार नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ विन्दुमा पुगेको छ । 

आज नेप्से बढेसँगै कारोबार रकम भने केही घटेको छ । बुधबारको तुलनामा २ अर्ब रुपैयाँ बराबरको कारोबार घटेको हो । हिजो बुधबार १६ अर्ब रुपैयाँको कारोबार हुँदा आज १४ अर्ब १३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। 

आज नेप्से ३२ अंकले बढ्दा पनि विकास बैंक समूह, हाइड्रो समूह, लगानी समूह र अन्य समूह भने घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह १७.९५ अंकले घटेर ५०४५.७९ विन्दुमा पुगेको छ । सबैभन्दा कम लगानी समूह ०.६८ अंकले घटेर ९२.१९ विन्दुमा पुगेको छ । 

समूहमा सबैभन्दा बढी लघुवित्त समूह बढेको छ । लघुवित्त समूह आज एकै दिन ३५६.२३ अंकले बढेर ५५७१.५४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड ०.१४ अंकले बढेर २१.२३ विन्दुमा पुगेको छ । 

आज ३२० कम्पनीको शेयर कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दोहोरो अंकले नेप्से बढ्दा ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १ लाख ५९ हजार ७५७ पटक किनबेच भएको छ । आज १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ३ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको