कैलाली भन्सारले गर्‍यो सात अर्ब राजस्व संकलन « Khabarhub

कैलाली भन्सारले गर्‍यो सात अर्ब राजस्व संकलन


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा रु एघार अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो । 

 भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारिसाधन, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको हो । 

आव  २०८०-८१ मा भन्सार महसुलबापत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत रु २० करोड ४४ लाख र अन्य शुल्क बापत रु एक अर्ब ५२ करोड राजस्व संकलन भएको उनले बताए। 

भन्सार कार्यालयले आव २०८०-८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार आव २०७९-८० मा आठ अर्ब २९ करोड राजस्व संकलन गरेको थियो । आव २०७८-७९ मा रु नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७-७८ मा आठ अर्ब ८४ करोड संकलन भएको थियो ।

यसैगरी, आव २०७६-७७ मा कोभिड–१९ महामारीका कारण चार अर्ब ९२ करोड मात्रै राजश्व संकलन भएको थियो भने आव २०७५-७६ मा पाँच अर्ब १९ करोड संकलन गरेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ३ : ४७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका