प्राधिकरण नेतृत्वप्रति सांसदहरूको चर्को असन्तुष्टि « Khabarhub

प्राधिकरण नेतृत्वप्रति सांसदहरूको चर्को असन्तुष्टि


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सांसदहरुले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । 

विमान दुर्घटना हुने क्रम बढेको उल्लेख गर्दै उनीहरूले देशको छविसँग पनि जोडिएको संवेदनशील विषयमा प्राधिकरण नेतृत्व र सरोकारवाला टुलुटुलु हेरिरहन नहुने धारणा राखे ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज भएको बैठकमा सांसदहरुले बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनासहित हालसम्म भएका विमान दुर्घटना र मानवीय क्षतिबारे कसले जिम्मा लिने भनी प्रश्न गरे । 

साथै उनीहरूले प्रत्येक विमान दुर्घटनापछि छानबिन समिति बन्ने र  समितिको प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति देखिएको भन्दै  विमान दुर्घटनाबारे निष्पक्ष छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्नसमेत माग गरे। 

सांसदहरुले दुई अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद उदयशमशेर जवराले विमान दुर्घटनाको जिम्मेवारी प्राधिकरण नेतृत्वले लिनुपर्ने बताए। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नेतृत्वमा आएपछि विभिन्न विमान दुर्घटनामा एकसय भन्दा बढीको मृत्युभएको भन्दै उनले बुधबारको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पनि प्राधिकरणको गम्भीर लापर्बाही रहेकाले जिम्मेवार पदाधिकारीलाई कानुनी दायरामा ल्याउन सरकार समक्ष माग गरे ।

हरेक विमान दुर्घटनापछि जाँचबुझ आयोग गठन हुने र प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति रहेको भन्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे । नियामक प्राधिकरण र नेपाल वायुसेवा निगमबीच दोषारोपण गरेर मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको उनको भनाइ छ ।

 सांसद शिशिर खनालले मुलुकको हवाई सुरक्षा पेचिलो बन्दै गएको भन्दै विमान दुर्घटनामा जिम्मेवार निकायलाई कानुनी दायरामा ल्याउनुपर्ने खाँचो औंल्याए ।
सांसद सुदन किरातीले समग्र हवाई सुरक्षा प्रणालीको सुधारका लागि प्राधिकरण विभाजन विधेयक अगाडि बढाइनुपर्ने बताए। सांसद एकनाथ ढकालले मुलुकको हवाई क्षेत्र असुरक्षित बन्नुमा को जिम्मेवार भनी प्रश्न गरे ।

सांसद हरिप्रसाद उप्रेतीले हवाई सुरक्षा अभिवृद्धिमा सबैको ध्यान जानुपर्ने खाँचो औँल्याए । डा धवलशमशेर जबराले निश्चित समय तोकेर प्राधिकरण विभाजन विधेयक टुङ्ग्याउनुपर्नेमा जोड दिए।

सांसद हितबहादुर तामाङले अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी व्यवस्थापन गरिनुपर्ने बताए । सांसद भीमप्रसाद आचार्यले वायुसेवा निगम सुधारका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

    

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ७ : ५९ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा