यस्तो छ ‘नम्बरी सुन’को ट्रेलर « Khabarhub

यस्तो छ ‘नम्बरी सुन’को ट्रेलर


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । फिल्ममा उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यसले निम्त्याउने घटना आधारित कथा रहेको ट्रेलरले प्रष्ट पार्छ ।

ट्रेलरमा अभिनेता सरोज खनाल गाउँको कडा स्वभावको मुखियाको भूमिका देखिएका छन् । नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको ट्रेलरले खुलाउँछ ।

राजु गिरी निर्देशन रहेको यस फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गीलगायतको अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको यस फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ३१ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको