बोर्डबाट बिदा भए भुवन केसी « Khabarhub

बोर्डबाट बिदा भए भुवन केसी


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षबाट नायक भुवन केसी बिदा भएका छन् । दुई वर्षे कार्यकाल सकिसँगै उनी बिहीबार औपचारिकरुपमा बोर्डबाट बिदा भएका हुन् । उनको कार्यकाल साउन ९ गते पूरा भएको हो ।

बोर्डले एक कार्यक्रमको आयोजना गरी केसीलाई बिदाई गरेको हो । बिदाइ कार्यक्रममा फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति थियो ।

बिदाई हुँदै गर्दा केसीले आफ्नो कार्यकालमा थालनी र सम्पन्न भएको कामहरु सुनाएका थिए । बोर्डले आफ्नो कार्यकालमा नीतिगत, कानुनी र संरचनात्मक उपलब्धि पनि हासिल गरेको उनको दाबी थियो ।

बोर्डबाट बिदा भए फिल्मको विकास र विस्तारमा सधै लागि पर्ने उनले प्रतिबद्धता जनाए । तर उनी बिदाई हुँदै गर्दा सरकार प्रति खरो टिप्पणी गरे ।

उनले भने, ‘निर्माताहरुले घर बेचेर फिल्म क्षेत्रलाई यहाँसम्म ल्याए । सरकारले यो क्षेत्रका लागि केही गरेको छैन । यस क्षेत्रलाई प्राथिमकतामा राखेर काम गर्न हामीले कति आग्रह गर्यौं । सरकार सुन्छ तर कार्यान्वनमा फितलो छ ।’

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ४७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली