मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक « Khabarhub

मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ ।

सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेँलो छाता’ सार्वजनिक गरिएको हो । स्रस्टाहरू भूपिन, डा एकनारायण पौड्याल, डा केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गरे ।

कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताए । “उहाँका कृतिमध्ये मलाई मनपर्नेमध्येको एक पिली छतरी वाली लडकी पनि हो”, उनले भने, “यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गर्नुभएको छ । यो ज्यादै खुसीको कुरा हो ।”

‘पहेँलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उनको भनाइ थियो ।

“भारतीय उपमहाद्वीपमा जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले कलात्मक ढङ्गले विश्वविद्यालयको परिवेशमा कथा उनेका छन्”, भूपिनले भने, “नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ । भाषिक कोमलतामा पनि यति सुन्दरता कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ ।”

‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद आख्यानकार मीनराज वसन्तले गर्नुभएको हो । उहाँका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) प्रकाशित छन् भने लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन् । बीएन पुस्तकले प्रकाशन गरेको कृतिको मूल्य रु चार सय २५ रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको