मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक « Khabarhub

मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ ।

सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेँलो छाता’ सार्वजनिक गरिएको हो । स्रस्टाहरू भूपिन, डा एकनारायण पौड्याल, डा केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गरे ।

कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताए । “उहाँका कृतिमध्ये मलाई मनपर्नेमध्येको एक पिली छतरी वाली लडकी पनि हो”, उनले भने, “यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गर्नुभएको छ । यो ज्यादै खुसीको कुरा हो ।”

‘पहेँलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उनको भनाइ थियो ।

“भारतीय उपमहाद्वीपमा जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले कलात्मक ढङ्गले विश्वविद्यालयको परिवेशमा कथा उनेका छन्”, भूपिनले भने, “नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ । भाषिक कोमलतामा पनि यति सुन्दरता कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ ।”

‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद आख्यानकार मीनराज वसन्तले गर्नुभएको हो । उहाँका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) प्रकाशित छन् भने लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन् । बीएन पुस्तकले प्रकाशन गरेको कृतिको मूल्य रु चार सय २५ रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ५५ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन