महिलामन्त्रीको सङ्ख्या वृद्धि गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा « Khabarhub

महिलामन्त्रीको सङ्ख्या वृद्धि गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउनुपर्नेमा जोड दिएकी छन्।

राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (यूएन सिड कमिटी)को प्रतिवेदनमाथिको छलफलमा उनले आगामी दिनमा मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

महिला, महिलाबीचको प्रतिस्पर्धा गर्ने व्यवस्थाका लागि बहस चलिरहेकाले संविधानको मर्म परिवर्तन नहुने गरी यसलाई संशोधन गरिने उनले बताइन्।

“विदेश भ्रमणको प्रतिनिधिमण्डलमा महिला अनिवार्य गर्ने निर्णय हालै मन्त्रिपरिषद्बाट भएको छ, मुख्यसचिवमा पनि महिलालाई नै नियुक्त गरेका छौँ, सिड कमिटीमा पेश गर्ने मुद्दाका २१ बुँदे सूची सबैको प्रयासमा पूरा गर्ने तयारीमा छौँ”, मन्त्री राणाले भनिन् ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहले मन्त्रिपरिषद्मा महिला आरक्षणको कानुनी व्यवस्था नहुँदा अहिले दुई जनामात्र महिलामन्त्री भएकाले यससम्बन्धी कानुन निर्माण गर्नु आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ९ : ४९ बजे

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका

डा. पाण्डे आउट भएसँगै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियनमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स