बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता « Khabarhub

बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन् । उनीहरुको फिर्तीमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले सहयोग गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बिहीबार बताएका छन् ।

“भारतीय उच्च आयोगले भारतीयहरूको सीमा क्रसिंग पोइन्ट वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ”, रणधीर जयस्वालले सञ्चारकर्मीलाई बताए ।

उनले बङ्गलादेशको अवस्था चाँडै सामान्य हुने आशा व्यक्त गरेका छन् । भारत फर्केका विद्यार्थीहरुको सङ्ख्याबारे सोधिएको प्रश्नमा जयस्वालले भने, “अहिलेसम्म बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू फिर्ता आएका छन् । हामीले बङ्गलादेश सरकारबाट उत्कृष्ट सहयोग पाएका छौं। हाम्रो उच्च आयोगले उनीहरूको सीमा पार गर्ने बिन्दुहरू वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ।”

“हाम्रो उच्च आयोग र सहायक उच्च आयोग दुवैले २४ घण्टा हेल्पलाइनहरू सञ्चालन गरिरहेका छन् र त्यहाँ रहेका सबै व्यक्ति, हाम्रा विद्यार्थी र नागरिकले सहयोगका लागि उनीहरूसँग सम्पर्क गर्न सक्छन्”, उनले बताए ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १० : ०५ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको