दुर्घटनाग्रस्त बस । तस्बिर : चितवन प्रहरी

देश/प्रदेश

मुग्लिङ-नारायणगढ सडकमा बस दुर्घटना : १५ यात्रु घाइते

By खबरहब

August 25, 2024

काठमाडौं – आइतबार बिहान मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बस सडक किनारमा पल्टिएको देखिन्छ।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम ०१-००-२-१३३२ नम्बरको बस दुर्घटनामा १५ यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर सडक किनारमा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त बस भरतपुर महानगरपालिका-२९ मा दुर्घटना भएको हो। घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको छ।

यो पनि पढ्नुहोस् मुग्लिङ–नारायणगढ सडकको घुमाउनेमा बस दुर्घटना