हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित « Khabarhub

हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इपस्विच टाउनलाई ४–१ गोल अन्तरले हराउँदै सानदार जित निकालेको हो ।

इपस्विच टाउनले खेलको सातौं मिनेटमा सामी साज्मोडिकको गोलमा शुरुवाती अग्रता हासिल गरेपनि सिटीले तुरुन्तै कमब्याक गरेको थियो ।

खेलको १२औँ १६औँ र ८८औँ मिनेटमा इर्लिंग हालाण्डले गोल गर्दै आफ्नो यस सिजनको पहिलो ह्याट्रिक बनाए। त्यस्तै केभिन डी ब्रुनेले खेलको १४औँ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी दुई खेलबाट ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । इपस्विच टाउनको यो लगातार दोस्रो हार हो ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ८ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको