हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित « Khabarhub

हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इपस्विच टाउनलाई ४–१ गोल अन्तरले हराउँदै सानदार जित निकालेको हो ।

इपस्विच टाउनले खेलको सातौं मिनेटमा सामी साज्मोडिकको गोलमा शुरुवाती अग्रता हासिल गरेपनि सिटीले तुरुन्तै कमब्याक गरेको थियो ।

खेलको १२औँ १६औँ र ८८औँ मिनेटमा इर्लिंग हालाण्डले गोल गर्दै आफ्नो यस सिजनको पहिलो ह्याट्रिक बनाए। त्यस्तै केभिन डी ब्रुनेले खेलको १४औँ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी दुई खेलबाट ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । इपस्विच टाउनको यो लगातार दोस्रो हार हो ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ८ : ५८ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६