मधेशका मुख्यमन्त्री सिंहबाट प्रादेशिक अस्पतालको निरीक्षण « Khabarhub

मधेशका मुख्यमन्त्री सिंहबाट प्रादेशिक अस्पतालको निरीक्षण


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आएपछि प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शनिबार राति ११ बजे आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्षलगायत निरीक्षण गरी ‘ड्युटी’मा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधिबारे जानकारी लिएका थिए ।

मुख्यमन्त्री सिंहले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए ।

उनले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्नसमेत निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न, सूचीअनुसार औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । उनले निरीक्षणका क्रममा बिरामी र तिनका कुरुवासँग अस्पतालका सेवासुविधाबारे जानकारी लिएका थिए ।

रातको समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखमा कमी र अस्पतालभित्रका फार्मेसीमा औषधि अभावबारे केही कुरुवाले गुनासो गरेपछि मुख्यमन्त्री सिंहले प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  १२ : १० बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल