मधेशका मुख्यमन्त्री सिंहबाट प्रादेशिक अस्पतालको निरीक्षण | Khabarhub Khabarhub

मधेशका मुख्यमन्त्री सिंहबाट प्रादेशिक अस्पतालको निरीक्षण


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आएपछि प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शनिबार राति ११ बजे आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्षलगायत निरीक्षण गरी ‘ड्युटी’मा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधिबारे जानकारी लिएका थिए ।

मुख्यमन्त्री सिंहले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए ।

उनले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्नसमेत निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न, सूचीअनुसार औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । उनले निरीक्षणका क्रममा बिरामी र तिनका कुरुवासँग अस्पतालका सेवासुविधाबारे जानकारी लिएका थिए ।

रातको समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखमा कमी र अस्पतालभित्रका फार्मेसीमा औषधि अभावबारे केही कुरुवाले गुनासो गरेपछि मुख्यमन्त्री सिंहले प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : १० बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- दीक्षान्तका लागि टाढाबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने ?

काठमाडौं– सांसदहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा

दीक्षान्त रोकिएकोमा आपत्ति जनाउँदै सुमनाले उठाइन् प्रधानमन्त्रीमाथि प्रश्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य

रविले स्वीकारे- गोर्खा मिडियामा गलत बाटोबाट सहकारीको रकम आएको थियो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा

स्थानीय तहद्वारा ७२ किलोमिटर नयाँ ‘ट्र्याक’ विस्तार

दमौली– जिल्लाका स्थानीय तहले सडक निर्माणलाई प्राथमिकता दिएका छन् ।

थापाथलीस्थित प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं– थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई