महाधिवेशनको दुई महिनापछि एकीकृत समाजवादीका केन्द्रीय सदस्यलाई शपथ (तस्बिरहरू) « Khabarhub

महाधिवेशनको दुई महिनापछि एकीकृत समाजवादीका केन्द्रीय सदस्यलाई शपथ (तस्बिरहरू)

आकांक्षी सबैलाई समेट्न बनाइयो ३४४ सदस्यीय समिति


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाधिवेशन सकेको करिब २ महिनापछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

असार १६ देखि २० सम्म काठमाडौंमा भएको महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा घनश्याम भुसाललाई छान्दै केन्द्रीय समिति भने अधुरो छाडेको थियो ।

महाधिवेशनले सम्मानित नेता झलनाथ खनालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको थियो । त्यसयता केन्द्रीय समितिलाई पूर्णता दिन समाजवादीलाई झन्डै २ महिना लाग्यो ।

यस्तोमा समाजवादीले आइतबार मात्रै यसअघि थप गरिएका दुई सय ५१ केन्द्रीय सदस्यलाई शथप गराएको हो । यससँगै समाजवादीको केन्द्रीय समिति ३४४ सदस्यीय भएको छ । समाजवादीको विधानमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था गरिएको थियो ।

तर समाजवादीले सबै आकांक्षीलाई सम्बोधन गर्न महाधिवेशन भएको एक महिनापछि साउन १८ मा मात्रै ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी टुंगो गरेको थियो । त्यसबेला थपिएका २५१ जनालाई आइतबार शपथ खुवाइएको हो ।

नेताहरूको योगदान तथा कार्यक्षमताका आधारमा पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने भएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  २ : २१ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ