रेकर्ड र शर्तका आधारमा विद्युत महसुल उठाउनुपर्छ : सांसद् पाण्डे « Khabarhub

रेकर्ड र शर्तका आधारमा विद्युत महसुल उठाउनुपर्छ : सांसद् पाण्डे


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले रेकर्ड र शर्तका आधारमा डेडिकेटेड र ट्रङ्कलाइनको प्रिमियम विद्युत महसुल उठाउनुपर्ने बताएका छन् ।

अहिले जारी लेखा समिति बैठकमा बोल्दै सांसद् पाण्डेले एक खर्ब रुपैयाँ बराबरको बिक्री गर्ने एउटा ठूलो संस्थान प्राधिकरणको भविष्यबारे राजनीतिक आँखाले हेर्न नहुने बताए ।

‘प्राधिकरण एक खर्ब रुपैयाँ बराबरको बिक्री गर्ने एउटा ठूलो संस्थान हो । यो देशको मेरुदण्ड हो । प्राधिकरणले काम नगर्ने हो भने यो देश अन्धकारमय हुन्छ,’ उनले थपे, ‘राजनीतिक आँखाले हेरेर होइन, रेकर्ड र सर्तको आधारमा हेरेर निर्णय गर्न जरुरी छ । अन्यथा यसले धेरै नराम्रो रूप लिन्छ र राम्रो अवस्थामा जाँदैन ।’

टीओडी मिटर, डेडिकेटेड र टङ्कलाइनको मामिलामा अण्डा पहिले आयो कि चल्ला भनेजस्तो भएको पाण्डेको तर्क छ । यही विषयलाई लिएर वर्षौंदेखि छलफल भएको भन्दै उनले सांसदहरू महसुल उठाउनेबारे पक्ष र विपक्षमा भएको सुनिएको पनि उल्लेख गरे ।

पाण्डेले भने, ‘भोलिको दिनमा यति ठूलोा संस्था धराशायी भयो भने र त्यति ठूला उद्योगधन्दा बर्बाद भयो भने यसको जिम्मेवारी कसले लिने ? हल्का रूपमा निर्णय नगरौँ ।’

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  २ : ५८ बजे

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.