जनतालाई सुशासन दिलाउन सरकार लागिरहेको छ : प्रकाशमान सिंह « Khabarhub

जनतालाई सुशासन दिलाउन सरकार लागिरहेको छ : प्रकाशमान सिंह


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार लागि परेको बताएका छन् ।

कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा सुशासन कायम गरी आर्थिक वृद्धितर्फ अघि बढाउन ठूला दलसहितको सरकार बनेको भन्दै जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिवद्ध  रहेको बताएका हुन् ।

उनले कांग्रेस–एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्ने जिकिर गरे । उनले अहिलेको अवस्थालाई सुधार गर्न काम अघि बढाइरहेको भन्दै उपभोक्ता अधिकारका लागि पनि बलियो कानून बनाइने बताए ।

त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य बस्तुको सहज र सरल आपूर्तिका लागि सरकारले पहल गरिरहे पनि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको गुनासो गरे ।

उनले बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि विद्यमान कानूनलाई पनि बलियो बनाउनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले एक महिनाभित्रै उपभोक्ता अदालत गठन हुने जानकारी दिए ।

उनले चाडपर्व नजिकिँदै जाँदा कृत्रिम अभाव हुन नदिने, आन्तरिक उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्ने समेत बताए ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ३ : ३१ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ