७९.८८ अंकले घट्यो नेप्से, कारोबार १९ अर्ब बढी  « Khabarhub

७९.८८ अंकले घट्यो नेप्से, कारोबार १९ अर्ब बढी 


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ प्रतिशतले घटेको छ । आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।

नेप्सेमा करिब ८० अंकले ओरालोलागेसँगै समूहमा पनि पहिरो गएको छ । लघुवित्त बाहेक अन्य १२ वटा समूह सबै राताम्य रहेको छ । आज सबैभन्दा बढी घटेर इन्भोष्टमेन्ट समूह ३.८३ प्रतिशतले घटेर ११६.१५ विन्दुमा पुगेको छ ।

लघुवित्त समूह भने १.०८ प्रीतशतले बढेर ५४३०.६२ विन्दुमा पुगेको छ । त्यस्तै वाणिज्य बैंक ३.३१ प्रतिशतले, विकास बैंक २.४४ प्रतिशतले, होलट एण्ड टुरिजम २.३८ प्रतिशतले, हाइड्रो ३.०४ प्रतिशतले, प्रतिशतले, फाइनान्स समूह ३.५० प्रतिशतले, जिवन बीमा २.५० प्रतिशतले, उत्पादन तथा प्रशोधन १.५० प्रतिशतले, म्यूचअल फण्ड १.५९ प्रतिशतले, निर्जीवन बीमा २.३२ प्रतिशतले र अन्य समूह ३.५५ प्रतिशतले घटेको छ ।

प्रि ओपन शेसनमा साढे १२ अंकले बढेर सुरु भएको बजार बजार खुलेपछि निरन्तर ओरालो लागेको थियो । ६ पटक बजार तलबाट माथि उठ्न खोजे पनि विक्री कर्ता हाबी भएकाले बजार भने माथि जान सकेन ।

आज नेप्से सूचांक न्यूनतम २८८५.३९ विन्दु पुग्यो भने उच्चतम २९९०.०४ विन्दु सम्म पुग्यो । तर बजार बन्द हुँदा भने २८९४.५७ विन्दु मात्र कायम भयो । दिनभर बजारमा उतारचढाव हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँको कारोबार भयो ।

आज दिनभरमा ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक किनबेच भयो । आज ३३३ वटा कम्पनीको शेयर कारोबार हुँदा ५९ कम्पनीको शेयर मूल्य बढ्यो भने १८५ वटा कम्पनीको शेयर मूल्य घट्यो ।

आज बजार ८० अंकले घटेको भएपनि ४ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । थप एक कम्पनी ८ प्रतिशत बढी र थप एक ७ प्रतिशत बढीले बढ्यो ।

दुई स्टकमा भने आज नकारात्मक सर्किट लाग्यो । थाप ५ डिबेन्चर र कम्पनीको मूल्यमा गरेर ७ प्रतिशत भन्दा बढीले घट्यो ।

गत आर्थिक वर्षको लागि ९ प्रतिशत लाभांश घोषणा गरेको अपि पावर हाइड्रो आज बढी कारोबार, टनओभर र ट्रेडर भयो ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ३ : २८ बजे

झापामा भूमि समस्या समाधानको कामले गति लिँदै, ३३ परिवारले पाए लालपुर्जा

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले