टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित « Khabarhub

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशले टेस्ट क्रिकेटमा नयाँ इतिहास बनाएको छ । बंगलादेशले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो ।

जारी टेस्ट सिरिजको पहिलो टेस्टको पाँचौं दिन पाकिस्तानले दिएको ३० रनको लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाएर पुरा गर्दै १० विकेटको ऐतिहासिक जित हासिल गरेको हो ।

यसअघि पहिला ब्याटिंग गर्दै पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रन बनाएर इनिंग घोषणा गर्दै बंगलादेशलाई ब्याटिङका लागि बोलाएको थियो । बंगलादेशले आफ्नो पहिलो इनिंगमा ५६५ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १४६ रन बनाएर अल आउट भएपछि बंगलादेशले ३० रनको लक्ष्य पाएको थियो ।

यो जितपछि बंगलादेशले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

साथै बंगलादेशले टेस्ट क्रिकेटमा आठ देशलाई पराजित गरेको छ । बंगलादेशले अहिलेसम्म अफगानिस्तान, श्रीलंका, अस्ट्रेलिया र आयरल्याण्डलाई एक्क एक खेलमा पराजित गरेको छ भने न्यूजील्याण्डलाई २, वेस्ट इण्डिजलाई ४ र जिम्बाबेलाई ८ टेस्टमा पराजित गरेको छ । अब सिरिजको दोस्रो खेल अगस्त ३० गतेदेखि शुरु हुने छ ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : ५० बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको