टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित « Khabarhub

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशले टेस्ट क्रिकेटमा नयाँ इतिहास बनाएको छ । बंगलादेशले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो ।

जारी टेस्ट सिरिजको पहिलो टेस्टको पाँचौं दिन पाकिस्तानले दिएको ३० रनको लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाएर पुरा गर्दै १० विकेटको ऐतिहासिक जित हासिल गरेको हो ।

यसअघि पहिला ब्याटिंग गर्दै पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रन बनाएर इनिंग घोषणा गर्दै बंगलादेशलाई ब्याटिङका लागि बोलाएको थियो । बंगलादेशले आफ्नो पहिलो इनिंगमा ५६५ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १४६ रन बनाएर अल आउट भएपछि बंगलादेशले ३० रनको लक्ष्य पाएको थियो ।

यो जितपछि बंगलादेशले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

साथै बंगलादेशले टेस्ट क्रिकेटमा आठ देशलाई पराजित गरेको छ । बंगलादेशले अहिलेसम्म अफगानिस्तान, श्रीलंका, अस्ट्रेलिया र आयरल्याण्डलाई एक्क एक खेलमा पराजित गरेको छ भने न्यूजील्याण्डलाई २, वेस्ट इण्डिजलाई ४ र जिम्बाबेलाई ८ टेस्टमा पराजित गरेको छ । अब सिरिजको दोस्रो खेल अगस्त ३० गतेदेखि शुरु हुने छ ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ३ : ५० बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ