प्रभु महालक्ष्मी लाइफले १० र अपी पावरले ९ प्रतिशत बोनस दिने « Khabarhub

प्रभु महालक्ष्मी लाइफले १० र अपी पावरले ९ प्रतिशत बोनस दिने


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफबाट लाभांश घोषणा गरेका छन् ।

प्रभुले वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत गरेर जम्मा १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रभुको जेठ ७ गते बसेको १६ औँ संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको कम्पनी सचिव किशोर प्रसाद लामिछानेले जानकारी दिए ।

अपीको ५ अर्ब ७८ करोड ६५ लाख चुक्ता पुँजीको ९ प्रतिशतले बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको हो । कम्पनीको ७ गने सबेको सञ्चालक समितिको बैठकले उक्त बोनस दिने घोषणा गरेको कम्पनी सचिव सुजन अधिकारीले बताए ।

लामिछानेका अनुसार लाभाशंसँगै प्रभुले निष्कासन गर्न लागेको हकप्रद शेयर १७ प्रतिशत बाट घटाएर ९ प्रतिशतमा झार्ने भएको छ । लाभांश वितरण गरेपछि बीमा प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुग्ने भएकाले हकप्रद शेयर घटाएको लामिछानेले बताए ।

लाभांश र हकप्रद निष्कासनको बारेमा बीमा प्राधिकरणलाई स्वीकृतिका लागि निवेदन दिएको र स्वीकृत पाए पश्चात् बोनस र हकप्रद जारी गर्ने सचिव लामिछानेले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ४ : ०७ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुपक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको