रामेछाप घटनाको प्रभावकारी उद्धार र उपचार गर्न अध्यक्ष दाहालको आग्रह « Khabarhub

रामेछाप घटनाको प्रभावकारी उद्धार र उपचार गर्न अध्यक्ष दाहालको आग्रह


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापको दोरम्बामा आज खसेको भीषण पहिरोमा परेकाहरूको उद्धार र उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष दाहालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, टोकरपुरको लेकखर्कमा पहिरोमा परी छ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको बताएका छन्  ।

उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्  ।

उनले प्राकृतिक प्रकोपका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले उद्धारमा जुटेका पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवाद दिँदै जनसेवामा निरन्तर जुट्न आग्रह गरेका छन् ।

याे पनि …

रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ४ : २२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का