सहकारी पीडित चतुर्वेदी मृत भेटिए « Khabarhub

सहकारी पीडित चतुर्वेदी मृत भेटिए


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सहकारी पीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् । मोरङको विराटनगर घर भएका शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

तक चतुर्वेदी गोकर्णेश्वर–८ अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।

चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए । उनले त्यहीँ रहेको कान्ति भैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ ।

चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्ति भैरव पीडित सङ्घर्ष समितिका सदस्य राजेशकुमार विष्टले  जानकारी दिए ।

‘उनले खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए, उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए’, उनले भने । चतुर्वेदीले उक्त सहकारीमा २५ लाख रुपैयाँ बचत गरेको र सो बचत रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको पीडित सङ्घर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दै आएका सदस्य विष्टले बताए ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ५ : ०३ बजे

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर