विराटनगरका लागि उडेको बुद्धको जहाज झापाको चन्द्रगढी पुग्यो | Khabarhub Khabarhub

विराटनगरका लागि उडेको बुद्धको जहाज झापाको चन्द्रगढी पुग्यो

कोशीका मुख्यमन्त्री कार्की पनि थिए सवार


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

मोरङ- काठमाडौंबाट विराटनगरका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमेत सवार बुद्ध एयरको जहाज झापाको चन्द्रगढी पुगेको छ ।

आइतबार दिउँसो विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्धको उक्त जहाज झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।

बुद्ध एयरको ७०५ विमान विराटनगरको मौसम बिग्रिएपछि भद्रपुरमा आकस्मिक अवतरण गरेको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले बताए ।

आइबार दिउँसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ गएको छ ।

विमानमा चालक दलसहित ७० जना यात्रु थिए । विमान आधा घण्टापछि विराटनगरमा अवतरण भइसकेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : २० बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका