समाचार

विराटनगरका लागि उडेको बुद्धको जहाज झापाको चन्द्रगढी पुग्यो

By खबरहब

August 25, 2024

मोरङ- काठमाडौंबाट विराटनगरका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमेत सवार बुद्ध एयरको जहाज झापाको चन्द्रगढी पुगेको छ ।

आइतबार दिउँसो विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्धको उक्त जहाज झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।

बुद्ध एयरको ७०५ विमान विराटनगरको मौसम बिग्रिएपछि भद्रपुरमा आकस्मिक अवतरण गरेको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले बताए ।

आइबार दिउँसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ गएको छ ।

विमानमा चालक दलसहित ७० जना यात्रु थिए । विमान आधा घण्टापछि विराटनगरमा अवतरण भइसकेको छ ।