उपेन्द्रको जोड- पहिचानका आधारमा राज्य पुनर्संरचना, जनतालाई आत्मनिर्णयको अधिकार « Khabarhub

उपेन्द्रको जोड- पहिचानका आधारमा राज्य पुनर्संरचना, जनतालाई आत्मनिर्णयको अधिकार


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनिएका दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘जनतासँग जसपा नेपाल, अभियान्ता अभिमुखीकरण कार्यक्रम’को उद्घाटन गर्दै अध्यक्ष यादवले यसो भनेका हुन् । उनले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थोपार्ने काममा ठूला दल लागेको बताए ।

उनले ठूला भनिएका दलहरूकै कारण अस्थिरता पैदा भएको बताए । राजनीतिक स्थिरताको बहानामा संविधान संशोधनमार्फत् समानुपातिक समावेशी हटाउन खोजिए स्वीकार्य नहुने उनले चेतावनी दिए ।

‘अहिलेको प्रणालीलाई बलियो बनाउन पहिचान र सामर्थ्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्छ, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ । जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्छ’, उनले भने ।

यादवले ठूला दलहरूबाट अब मुलुकको अवस्था सुधार नहुने भएकाले आफूहरू बलियो भएर आउनुपर्नेमा जोड दिए । यसैका लागि जनतालाई संगठित गर्न चार महिने ‘जनतासँग जसपा नेपाल, अभियान’ चलाएको उनले जानकारी दिए । उक्त अभियानपछि मुलुक जोगाउन सडक संघर्षमा जानैपर्ने उनको निचोड छ ।

 

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ५ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया