छात्रवृत्तिको लागि गरिब तथा जेहेन्दार विद्यार्थी खोज्दै जनमुखी सहकारी   « Khabarhub

छात्रवृत्तिको लागि गरिब तथा जेहेन्दार विद्यार्थी खोज्दै जनमुखी सहकारी  


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-५, मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

संस्थाले हरेक वर्ष आफ्नो वार्षिक साधारणसभाको अवसर पारेर दर्जनौँ विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। सोही कार्यविधि अनुसार यस वर्ष पनि करिब एक सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको संस्थाका प्रमुख व्यवस्थापक भेष बहादुर मिजारले जानकारी दिए । सहकारीले एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिका लागि सामुदायिक विद्यालयहरूलाई विद्यार्थी सिफारिस गर्न आव्हान गरेको छ ।

संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाइ छात्रवृत्ति दिने उद्देश्यका साथ गरिब तथा जेहेन्दार सदस्य विद्यार्थीलाई आवेदन दिन विवरण माग गरेको हो ।

संस्थाको आर्थिक वर्ष २०८१। ८२ को वार्षिक कार्यक्रम अनुसार संस्थामा सदस्य रहेका विद्यार्थी मध्ये कार्यक्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने व्यवस्थापक मिजारले बताए ।

उनका अनुसार  विद्यालय आधारभूत तहमा अध्ययनरत ५०,माध्यमिक तह ९/१० का ३० जना,माध्यमिक तह ११/१२ का ३० र स्नातक तह (क्याम्पस) का २० जना गरी कुल एक सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

जनमुखी सहकारी संस्थामा सदस्य बनेका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्बन्धित विद्यालयले सिफारिस गर्नुपर्ने हुन्छ ।  संस्थामा सदस्य बनेका तथा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई आर्थिक रूपमा सानो भए पनि सहयोग मिलोस् भन्ने उद्देश्यले सहकारीले विगत लामो समय देखि विद्यार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको सहकारीले जनाएको छ।

संस्थाको कार्यक्षेत्र भित्र रहेका सबै सामुदायिक विद्यालयहरूले जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सिफारिस गर्न सहकारीले आव्हान गरेको हो ।

हरेक विद्यालयले तहगत रूपमा एक एक जना विद्यार्थी सिफारिस गर्न सक्नेछन् । संस्थाले एक विद्यार्थीलाई २ हजार देखि ६ हजार सम्म छात्रवृत्ति उपलब्ध गराउने छ।छात्रवृत्ति वितरण कार्यक्रमलाई सहकारीले यस वर्ष चार लाख ६० हजार रकम राखेको छ।

-सुबास बस्नेत

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : ४९ बजे

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल