फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक « Khabarhub

फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज ३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । काठमाडौंको कमलपोखरीस्थित एक हलमा निर्माण पक्षले आइतबार कार्यक्रमको आयोजना गीत सार्वजनिक गरेका हाे ।

उक्त गीतमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई विशेष स्थान दिइएको छ । गीतमा फिल्मका अन्य मुख्य कलाकारलाई पनि देख्न सकिन्छ ।

सार्वजनिक गीतमा एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको छ । योगी र शान्तिश्री परियारको स्वर छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनको यो डेब्यू निर्देशन रहेको फिल्म हो ।

सिनेमाको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन् । सुस्मिता बुढाथोकी सह-निर्माता हुन् ।

फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतको अभिनय रहेको छ ।

जनयुद्ध ताका मगर समुदायको परिवेशको प्रेमकथामा फिल्म निर्माण भएको निर्देशक मगरले बताए ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ९ : २२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया