माधव नेपाललाई पार्टी फुट्ने चिन्ता, फेरि भने- हामीविरुद्ध अर्को षड्यन्त्र हुँदैछ « Khabarhub

माधव नेपाललाई पार्टी फुट्ने चिन्ता, फेरि भने- हामीविरुद्ध अर्को षड्यन्त्र हुँदैछ


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले फेरि आफूहरूको पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादी टुक्राउने गरी षड्यन्त्र भइरहेको बताएका हुन् । ‘अहिले अर्को षड्यन्त्र चलिरहेको छ । हाम्रो पार्टीलाई टुक्रयाउने षड्यन्त्र चलेको छ । हाम्रो पार्टीलाई चोइट्याउने षड्यन्त्र भइरहेको छ,’ नेपालले भने।

उनले सम्बोधनका क्रममा एकीकृत समाजवादी परित्याग गरेर गएकाको मात्रै चर्चा गरिएको गुनासो गरे । उनले एकीकृत समाजवादीमा आएकाबारे बेवास्ता गरिएको बताए।

‘यहाँ सन्दर्भ आउने गर्छ, केही मान्छेहरू गए, हामी गएकाको कुरा गर्छौं, आएकाको कुरा किन गर्दैनौँ?’, उनले भने, ‘संख्या चाहियो ? हाम्रो पार्टिमा कति हजार मान्छे आए यो तीन महिनाभित्र ?’

अरु पार्टी परित्याग गरेका केही मानिसहरूले अहिले पनि प्रवेश गर्न आतुर रहेको बताएको उनले सुनाए । ‘हाम्रो गाउँमा आउनुस्, हामी पाँच हजार मान्छेबीचमा सात सय जनालाई पार्टी प्रवेश गराउँछौँ’, भनिरहेका छन्, उनले भने, ‘त्यसैले नेता कार्यकर्ताले निराश हुनु जरुरी छैन ।’

उनले अहिले नै एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता नहुने बताए । वामपन्थी शक्तिहरू एकतावद्ध भएर अगाडि जानुपर्नै सोच भए पनि अहिले नै कुनै दलसँग एकता नहुने उनले बताए ।

अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको उनले बताए । कहाँ जान्छ? के हुन्छ ? भन्नेमा सबैको जिज्ञासा रहेको उनले बताए । वर्तमान सरकार राम्रो उद्देश्यले नबनेको उनले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ७ : ४४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब