माधव र झलनाथको एकैस्वर- माओवादीसँग तत्काल एकता सम्भव छैन « Khabarhub

माधव र झलनाथको एकैस्वर- माओवादीसँग तत्काल एकता सम्भव छैन

झलनाथ भन्छन् - मिटिङ गरौँ भनेर प्रचण्डले दिक्क लगाइसके


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले तत्कालै नेकपा माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय समिति पूर्ण बैठकलाई सम्बोधनका क्रममा समाजवादीका दुवै शीर्ष नेताले तत्काललाई माओवादीसँगको एकता सम्भावना नकारेका हुन् ।

बैठकलाई सम्बोधनका क्रममा सम्मानित नेता खनालले अरुको उट्पट्याङमा लागेर पार्टी एकता गर्न नहुने बताए । खनालले एकीकृत समाजवादीलाई अरुको उट्पट्याङमा लाग्नुपर्ने जरुरी नरहेको पनि बताए । उनले त्यसोभन्दा अध्यक्ष नेपाल मञ्चमा गम्भीर मुद्रामा देखिन्थे ।

सम्मानित नेता खनालले माओवादी सत्तामा रहँदा एकीकृत समाजवादीसँग कुनै छलफल नगरेको बताए । खनालले सत्ताबाट बाहिरिएको माओावादीले अहिले बैठक गरौँ भनेर हैरान पारिरहेको बताए । उनले मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेला–बेला एकता गरौं भनेर सताइरहेको पनि बताए ।

‘सत्ताबाट ओर्लिएपछि हामीसँग मिटिङ गरौँ कि गरौँ, अझ एकता गरौँ भनिरहेका छन् । हामीले सबै कुरा बुझौँ, कसको हुट्हुटी के हुन् ? को, किन तिल्मिलाइरहेको छ ? को किन घमण्डका घैँटा बोकेर हिँडिरहेको छ ?’ खनालले भने , ‘यी चिजहरूलाई गहिरो गरी बुझ्नुपर्छ । हाम्रो पार्टी आफ्नै ढंगले स्वतन्त्र विचार, नीति, सिद्धान्त, कार्यक्रम र लक्ष्य बोकेर हिँडेको छ । हामीले अरुको उट्पट्याङमा लाग्नुपर्ने जरुरी छैन ।’

खनालले त्यसो भनेपछि मञ्चमा उक्लिएका अध्यक्ष नेपालले पनि अहिलेलाई माओवादीसँग एकताको सम्भावना नरहेको बताए ।

उनले अहिले नै एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता नहुने भन्दै खनाललाई पनि मञ्चबाटै थुम्थुम्याए । वामपन्थी शक्तिहरू एकतावद्ध भएर अगाडि जानुपर्ने सोच आफूहरूमा भए पनि अहिले नै कुनै दलसँग एकता नहुने नेपालको भनाइ थियो ।

अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको अध्यक्ष नेपाले बताए । त्यो भनेको नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरणतिर नेपालको भनाइ लक्षित थियो । उनले नेपाली राजनीति कहाँ जान्छ? के हुन्छ ? भन्नेमा सबैको जिज्ञासा रहेको बताए । कांग्रेस-एमाले मिलेर बनेको वर्तमान सरकारको राम्रो उद्देश्य नरहेको पनि उनको तर्क थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ७ : ५४ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु