आज २०८१ साल असोज ९ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज ९ गते बुधबारको राशिफल


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज ९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर २५ तारिख। अष्टमी श्राद्ध/बुधाष्टमी/गोरखकाली पूजा/जितियापर्व। विश्व फार्मासिस्ट दिवस आश्मिन कृष्ण पक्षको अष्टमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको राशिमा चन्द्रमा गोचरी गर्दैछन्। सोचेको काम राम्रो बन्नेछ। परिवारको साथमा बसेर मिठो खान पाइने छ। धन लाभ हुने दिन छ। पारिवारिक प्रेममा मिलाप हुनेछ।

वृष : दिन तपाईंका लागि अनुकुल छ। गुम्न लागेको धन हात लाग्नेछ। आफन्तसँगै नयाँ ठाउँको यात्रा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा भने सामान्य आय हुने देखिन्छ र परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

मिथुन : अनावश्यक धन खर्च हुने दिन छ। खानपानमा ख्याल नगर्नाले रोगको प्रकोप बढ्नेछ। मनोबल घटाउने साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारबाट धोका हुने जोखिम छ।

कर्कट : अढैया साढेसाती भए पनि शुभग्रहको बहुमत भएकाले राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। सामाजिक संस्थाबाट सम्मान मिल्नेछ। प्रेम सम्बन्धमा धोका हुने भएकाले सचेत बन्नुपर्नेछ।

सिंह : आज शिक्षामा प्रगति हुनेछ। तपाईंको कला र गलाको प्रशंसा हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा तपाईंको खोजी हुनेछ। परिवारमा खुशीको खबर प्राप्त हुनेछ। लामो समयदेखि प्रयास गर्दै आएको काममा प्रगति हुनेछ।

कन्या : समाजसेवाबाट दिनको सुरुवात हुनेछ। दान गर्दा फाइदा हुने दिन छ। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ। परिवारको साथ र सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

तुला : रुपको घमण्डले गर्दा तपाईंको आलोचना हुनेछ। कुरा काट्ने साथी सक्रिय भएकाले मिल्ने साथीसँग सचेत बन्नु राम्रो हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ शिक्षा क्षेत्रमा उन्नति हुनेछ।

वृश्चिक : अढैया शनिदेवको सामना गर्दै हुनुहुन्छ। आफ्नो परिवारले पीडा दिने जोखिम छ। बिहानै गणेशको भजन सुनेमा दिन सहज बन्नेछ। धार्मिक कार्य गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : समाजसेवा र परोपकार गर्ने अवसर प्राप्त हुनेछ। मन प्रशन्न हुने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। सिर्जनात्मक पक्ष सबल भएकाले तपाईंको प्रतिभाको माध्यमबाट नाम र दाम मिल्नेछ। परिवारसँग रमाइलो गर्दै दिन बित्नेछ।

मकर : साढेसाती शनिदशा चलेकाले मन अशान्त बन्नेछ। आफूले आफैंलाई कमजोर बनाउने भएकाले मन दरिलो बनाउनु आवश्यक छ। सोह्र श्राद्ध भएकाले पितृको सम्मान गरेमा दिन सहज बन्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। शनिदेवको शान्तिको लागि गाईको सेवा र पिपलको दर्शन गर्नु आवश्यक छ। राज्यको तर्फबाट भय र त्रास हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

मीन : आफन्तको सहयोगले मनमा उत्साह मिल्नेछ। मन मिल्ने व्यक्तिसँग भेट हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। नयाँनयाँ आम्दानीका स्रोत पत्ता लाग्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ०० बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार