शृङ्खलामा इंग्ल्यान्डको कम ब्याकः अस्ट्रेलिया ४६ रनले पराजित « Khabarhub

शृङ्खलामा इंग्ल्यान्डको कम ब्याकः अस्ट्रेलिया ४६ रनले पराजित


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

लण्डन – इंग्ल्यान्डले अस्ट्रेलियासँगको शृङ्खला जीवित नै राखेको छ। मंगलबार चेस्टर ली स्ट्रिटमा भएको खेलमा डर्क वर्थ लुइसको आधारमा इंग्ल्यान्ड ४६ रनले विजयी भएको हो। अस्ट्रेलिया शृङ्खलामा २-१ ले अघि छ।

३०५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३७.४ ओभरमा ४ विकेट गुमाउँदै २५४ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो।

खेल रोकिँदा इंग्ल्यान्डका हेरी ब्रक ११० तथा लियाम लिभिङस्टोन ३२ रनमा अविजित थिए। ११ रनमा २ विकेट गुमाएको घरेलु टोलीलाई जितसम्म लैजाने काम ब्रक र फिल ज्याकबिच तेस्रो विकेटका लागि भएको १५६ रनको साझेदारीले गरेको थियो।

२८ औं ओभरको चौथो बलमा क्यामरुन ग्रिनको बलमा आउट हुनु अघि ज्याकले ८२ बलमा ८४ रन जोडेका थिए। ब्रक सो खलको म्यान अफ द म्याच भए।

खराब सुरुवात गरेको इंग्ल्यान्डका फिल साल्ट शून्य तथा बेन डकेट ८ रनमा आउट भए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतीमा ३०४ रन जोडेको थियो। अस्ट्रेलियाका एलेक्स क्यारीले अविजित रहँदै ७७ रन जोडे। स्टेभन स्मिथलाई ६० रनमा पाँचौँ विकेटको रूपमा गुमाउँदा अस्ट्रेलियाले ३४.३ ओभरमा १७२ रन जोडेको थियो। धिमा गतिमा खेलेका स्मिथले ८२ बलको सामना गरेका थिए। स्मिथ आउट भएपछि क्रिजमा आएका ग्लेन म्याक्सवेल र एरोन हार्डीले तीव्र गतिमा रन बटुलेका थिए।

म्याक्सवेलले २५ बलमा ३० रन बनाए भने हार्डीले २६ बलमा ४४ रन बटुले। क्यारीले पनि पारी अन्त्यमा विस्फोटक भएका हुन्। उनले कुल ६५ बलको सामना गरे।

इंग्ल्यान्डका जोफ्रा आर्चरले २ विकेट लिए। पावर प्लेमा सम्हालिएका इंग्ल्यान्डका बलर त्यसपछि कमजोर देखिएका थिए।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ३५ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक