विश्वकप लिग २ : ओमानसँग अंक बाँडेको नेपाल सातौँ स्थानमा यथावत, अमेरिका दोस्रो स्थानमा « Khabarhub

विश्वकप लिग २ : ओमानसँग अंक बाँडेको नेपाल सातौँ स्थानमा यथावत, अमेरिका दोस्रो स्थानमा


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षाका कारण एक बल पनि खेल्न असम्भव भएपछि नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग-२ मा ओमानसँग अंक बाँडेको छ।

मंगलबारको खेलमा ओमानसँग अंक बाँडेपछि नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थानमा यथावत छ।

यसैगरी ओमान छैटौँ स्थानमा छ। युएई तालिकाको पुछारमा छ। युएईलाई मंगलबार नै अमेरिकाले १३४ रनले हरायो। अमेरिकाले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको युएई २०३ रनमा सीमित भएको थियो। सो जितसहित अमेरिकाले लिगको सुपर फोरमा स्थान पाउने सम्भावना बलियो भएको छ।

८ खेलमा १२ अङ्क जोडेको अमेरिकाले ८ खेलमा १२ अंक नै जोडेको नेदरल्यान्ड्सलाई रन रेटमा पछिपार्दै दोस्रो स्थानमा उक्लेको हो।

पहिलो स्थानमा रहेको क्यानडाको १४ अङ्क भए पनि ३ खेल बढी खेलेको छ। ७ खेल खेलेको स्कटल्यान्डको ९ अङ्क छ। पाँचौँ स्थानमा रहेको नामिबियाले ११ खेलमा ८ अंक जोडेको छ।

घरेलु भूमिमै जारी अमेरिका र युएई सहितको श्रृङखलामा नामिबियाले खराब प्रदर्शन गर्दै तीन खेलमा नै हारको सामना गरेको छ। पुछारको टोली युएईले पनि नामिबियासँगको यसै सिरिजमा अंक बटुलेको हो।

क्यानडामा जारी सिरिजमा क्यानडा र ओमानको एक खेल बाँकी छ। नामिबियामा भएको सिरिजमा नामिबिया र युएईको खेल बाँकी छ।

एक महिनापछि अमेरिकामा हुने नेपाल र स्कटल्यान्डसहितको सिरिजले तालिकालाई एउटा बाटोमा लैजाने छ। सोही सिरिज नै नेपालका लागि महत्त्वपूर्ण साबित हुनेछ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ५२ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का