बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण « Khabarhub

बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो ।

बागलुङको धौलागिरि अस्पतालमा ६ जना डेङ्गुका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् ।

स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६० जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।

डेङ्गु सङ्क्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । डेङ्गुका सबैभन्दा बढी बिरामी धौलागिरि अस्पतालमा देखिएका छन् । अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ ।

धौलागिरि अस्पतालको प्रयोगशालामा मात्रै दुई सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

यस्तै गलकोट नगर अस्पतालमा ७६ जना, बुर्तिवाङ स्वास्थ्यचौकीमा २८ जना र कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा दुई जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्याले बताए ।

जिल्ला सदरमुकाम बागलुङ बजारको सपना प्रयोशालामा १००, केसी प्रयोशालामा १००, केयर डाइनेष्टिक प्रालिमा ७७, बागलुङ प्रयोगशालामा ५६, न्यूरो केयर क्लिनिकमा ५०, झरना मेडिकल प्रयोगशामा ३५, गोल्डेनगेट प्रयोशालामा २५, धौलागिरि प्रयोशालामा १० र सफल पोलिक्ल्निक प्रालिमा ७जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ५३ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६